सोम, ०७ वैशाख २०८३ / April 20, 2026, Monday
सोम, ०७ वैशाख २०८३
Advertisement
banner add

केपी ओली पार्टी केन्द्रीय कार्यालय च्यासलमा पुगे

banner add
writter
शनि, ०१ कात्तिक २०८२
(Shares)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी केन्द्रीय कार्यालय च्यासलमा पुग्नुभएकाे छ।

गत भदाै २३ र २४ गते भएको जेनजी युवाकाे आन्दोलनपछि उहाँ शनिबार पहिलो पटक पार्टी कार्यालय पुग्नुभएकाे हाे। जेनजी आन्दोलनको क्रममा भदौ २४ गते एमाले पार्टी कार्यालयमा आगजनी र तोड्फोड भएको थियो । त्यसपछि एमालेले पार्टीको सचिवालय लगायतका बैठक समेत भक्तपुरकाे गुण्डुस्थित ओली निवासमै गरेको थियो ।

ललितपुरको एक होटलमा केन्द्रीय कमिटी बैठक शुक्रबार सम्पन्न भएकाे थियाे। एमालेले शनिबार चियापान कार्यक्रम राखेको हाे । हाल पार्टी केन्द्रीय कार्यालय च्यासलमा चियापान कार्यक्रम जारी रहेकाे एमालेले जनाएकाे छ।

ads
ads
add
banner add

सम्बन्धित खबर