सोम, ०७ वैशाख २०८३ / April 20, 2026, Monday
सोम, ०७ वैशाख २०८३
Advertisement
banner add

बेलायतमा भएको 'क्याम्ब्रियन गस्ती अभ्यास'मा नेपाली सेनालाई स्वर्ण पदक

banner add
writter
आइत, २६ असोज २०८२
(Shares)

काठमाडौँ — बेलायतमा आयोजना भएको क्याम्ब्रियन गस्ती अस्यासमा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ । ३७ देशका एक सय २१ अन्तर्राष्ट्रिय टोलीहरूको सहभागिता रहेको अभ्यासमा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको हो ।

जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाका अनुसार बेलायतको वेल्स, ब्रेकनमा असोज २३ देखि २५ गतेसम्म सञ्चालन भएको 'क्याम्ब्रियन गस्ती अभ्यास २०२४' मा नेपाली सेनाको टोलीले स्वर्ण पदक प्राप्त गरेको हो ।

'उक्त अभ्यासमा संयुक्त अधिराज्य बेलायत सहित ३७ राष्ट्रका १२१ वटा अन्तर्राष्ट्रिय टोलीहरूको सहभागिता रहेको थियो । सन् १९६० बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको यस प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिँदै आइरहेको छ,' जनसम्पर्क तथा सूचना निर्देशनालयले उल्लेख गरेको छ, 'दुई दिनभित्रमा हतियार तथा करिब ५० पौण्ड तौल बराबरको उपकरण एवं बन्दोबस्ती सामग्री सहित ५० किलोमिटर दूरी पार गर्नुपर्ने अभ्यासमा सहभागी टोलीको लडाइको तयारी, खबर संकलन, घाइते-बिरामीको व्यवस्थापन लगायतका दक्षताहरूको परीक्षण गरिन्छ ।'

नेपाली सेनाले उक्त प्रतियोगितामा सन् २०१७ र २०१९ मा समेत स्वर्ण पदक प्राप्त गरेको थियो । पुरस्कार वितरण कार्यक्रममा उपरथी दिपककुमार बानियाँ सम्मानित अतिथिको रुपमा सहभागी रहेको सेनाले जनाएको छ ।

ads
ads
add
banner add

सम्बन्धित खबर