सोम, ०७ वैशाख २०८३ / April 20, 2026, Monday
सोम, ०७ वैशाख २०८३
Advertisement
banner add

नेप्से परिसूचकमा १९ अङ्कको गिरावट

banner add
writter
आइत, ०६ पुस २०८२
(Shares)

काठमाडौँ । नेप्से परिसूचकमा १९ अङ्कको गिरावट आएको छ। कारोबारको सुरुवातदेखि नै उतार चढाव देखिएको बजार अन्त्यमा ओरालो लागेको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १९ दशमलव ९२ अङ्कले घटेर दुई हजार ५९५ दशमलव १० को बिन्दुमा कायम भएको हो ।

आज ३४५ कम्पनीको एक करोड १२ लाख ९९ हजार ३३४ कित्ता शेयर ७० हजार ५७६ पटक खरिद बिक्री हुँदा रु चार अर्ब ५२ करोड ८७ लाख १५ हजार ६७१ बराबरको कारोबार भनेको नेप्सेले जनाएको छ । आजको कारोबारमा म्युचुअल फण्डबाहेक अरु सबै समूहको उपसूचक घटेको छ ।

लगानीकर्तामा सतर्कता बढ्नु, केही ठूला कम्पनीका सेयर मूल्य घट्नु तथा नाफा सुरक्षित गर्ने प्रवृत्तिका कारण बजार दबाबमा परेको विश्लेषकहरू बताउँछन्। बैंकिङ, विकास बैंक र फाइनान्स समूहका सेयरमा गिरावट देखिँदा समग्र परिसूचक घट्न पुगेको हो।

ads
ads
add
banner add

सम्बन्धित खबर