सोम, ०७ वैशाख २०८३ / April 20, 2026, Monday
सोम, ०७ वैशाख २०८३
Advertisement
banner add

पार्टी सदस्यता नवीकरण भैसकेको छ, आज राष्ट्रिय राजनीतिको विषयमा कुरा भयो : विद्या भण्डारी

banner add
writter
सोम, ०५ साउन २०८२
(Shares)

काठमाडौं, ४ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले एमालेको पार्टी सदस्यता नवीकरण गरिसकेको स्पष्ट पारेकी छिन् ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग च्यासलको भेटवार्ता सकिएपछि मिडियाकर्मीहरुसँग घेरिएकी भण्डारीले पार्टी सदस्यता नवीकरण भैसकेको दाबी गरेकी हुन् ।

तर, ओलीसँगको भेटवार्तामा भने यो विषयमा आज कुराकानी नभएको उनको संक्षिप्त प्रतिक्रिया थियो ।

उनले भनिन्,‘पार्टी सदस्यता नवीकरण भैसक्यो, तर आज यो विषयमा कुराकानी भएन । आज त राष्ट्रिय राजनीतिको विषयमा छलफल भएको हो ।’

अध्यक्ष ओली भने प्रतिक्रिया नदिईकन हिँडेका थिए । दुई नेता बैठक कक्षबाट बाहिरिने क्रममा एकदमै हर्षित मुद्रामा निस्किएका थिए ।

 

ads
ads
add
banner add

सम्बन्धित खबर