सोम, ०७ वैशाख २०८३ / April 20, 2026, Monday
सोम, ०७ वैशाख २०८३
Advertisement
banner add

चीन जानुअघि आज संसदमा प्रधानमन्त्रीको सम्बोधन

banner add
writter
शुक्र, १३ भदौ २०८२
(Shares)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शुक्रबार) प्रतिनिधि सभा बैठकमा विशेष सम्बोधन गर्दैछन् । सभामुख देवराज घिमिरेका अनुसार उत्तरी छिमेकी मुलुक चीन भ्रमणमा जानुअघि त्यसबारेमा प्रधानमन्त्री ओलीले भ्रमणका बारेमा सदनमा जानकारी गराउने छन् ।

प्रधानमन्त्री ओली भोलि शनिबार चीन भ्रमणमा जाँदैछन् । चीन भ्रमणबाट फर्किएपछि भारत भ्रमणमा जान लागेकाले त्यसबारे पनि प्रधानमन्त्रीले जानकारी दिने अनुमान छ । साथै सीमा विवाद र पछिल्लो राजनीतिक अवस्थालाई पनि प्रधानमन्त्रीले सम्बोधनमा समेट्ने स्रोतले जनाएको छ ।

बिहीबार सिंहदरबारमा बसेको प्रमुख सचेतकहरूसँग छलफलका क्रममा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी गराएका थिए । प्रधानमन्त्रीको सम्बोधनको क्रममा रास्वपाले अवरोध नगर्ने जनाएको छ ।

भिजिट भिसा दुरुपयोग प्रकरणको विषयलाई लिएर लामो समयदेखि संसद बहिष्कार गर्दै आएको रास्वपाले आज भने प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्न दिने जनाएको छ ।

ads
ads
add
banner add

सम्बन्धित खबर