सोम, ०७ वैशाख २०८३ / April 20, 2026, Monday
सोम, ०७ वैशाख २०८३
Advertisement
banner add

राजमार्गले चोला फेर्‍यो, हर्षले सास्ती बिर्सायो

banner add
writter
बिहि, ०१ साउन २०८२
(Shares)

तनहुँ दमौलीका ८२ वर्षीय बुद्धिप्रसाद मुग्लिन-पोखरा सडकको स्तरोन्नति देखेर औधी खुसी छन् । पुरानो सदरमुकाम बन्दीपुरमा पुर्ख्यौली घर भएका बुद्धिप्रसाद २०२६ सालमा गोरेटो बाटो हिँडेर काठमाडौं आएको अहिले पनि झल्झली सम्झन्छन् ।

यतिबेला घर अगाडि विस्तारित ६ लेनको सडक देख्दा उनलाई युग फेरिएझैं लाग्छ । २०२६ सालमा बसाइँ सरेर आउँदा दमौलीमा झन्डै २७ घर भएको सम्झना छ उनलाई ।

दमौलीमै भेटिएका सार्वजनिक सवारी चालक पदमबहादुर कुमाल सडकको फेरिएको रूपले सहजता भएको बताउँछन् । ‘पहिलेभन्दा धेरै राम्रो छ, अब गाडी सरर गुड्छ ।’

पहिले विद्यालयको बस चलाउँदै आएका ५९ वर्षीय कुमाल २ महिनादेखि सार्वजनिक सवारी चलाइरहेका छन् । ‘खाल्डाखुल्डीले गाडी बिग्रिइरहन्थ्यो । अब त मर्मत खर्च पनि कम आउँछ,’ उनले भने ।

आँबुखैरेनीमा बसोबास गर्दै आएका शिवराज पन्थी स्तरोन्नति भएको सडकमा अनुशासित भएर सवारी चलाउने बताउँछन् । आइसक्रिम उद्योग सञ्चालन गर्दै आएका उनलाई आफैं पनि गाडी चलाउँदै डेलिभरीमा बजारबजार जानुपर्ने हुन्छ ।

ads
ads
add
banner add

सम्बन्धित खबर