सोम, ०७ वैशाख २०८३ / April 20, 2026, Monday
सोम, ०७ वैशाख २०८३
Advertisement
banner add

विद्यार्थीहरूका लागि छात्रवृत्ति घोषणा

banner add
writter
बिहि, ०१ साउन २०८२
(Shares)

काठमाडौं । सरकारले विद्यार्थीहरूका लागि २ अर्ब ४४ करोडको छात्रवृत्ति बाँड्ने घोषणा गरेको छ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै विद्यार्थीहरूलाई उक्त रकम बराबरको छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेका हुन्।

भक्तपुर नगरपालिकाले आफूद्वारा सञ्चालित ख्वप इञ्जिनीयरिङ कलेज र ख्वप कलेज अफ इञ्जिनीयरिङ कलेजमा अध्ययनरत गरीब तथा जेहेन्दार एवं प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई रु ६८ लाख ४६ हजार ७८ बराबरको छात्रवृत्ति वितरण गरेको छ।

नगरपालिकाका प्रमुख एवं कलेज सञ्चालन समितिका अध्यक्ष सुनिल प्रजापतिले बुधबार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरे।

कार्यक्रममा ख्वप इञ्जिनियरिङ कलेजका आर्किटेक्चर, सिभिल, कम्प्युटर, इलेक्ट्रोनिक्स र कम्युनिकेशनका ५८ विद्यार्थीलाई रु ४१ लाख दुई हजार ७९५ तथा ख्वप कलेज अफ इञ्जिनियरिङका सिभिल, इलेक्ट्रिकल र कम्प्युटर विषयका ४० विद्यार्थीलाई रु २७ लाख २५ हजार २८३ बराबरको छात्रवृत्ति प्रदान गरिएको थियो।

ads
ads
add
banner add

सम्बन्धित खबर