शनि, २० भदौ २०८३ / September 5, 2026, Saturday
शनि, २० भदौ २०८३
Advertisement
banner add

जेन-जीमाथिको सरकारी दमनमा राष्ट्र संघ र अमेरिकासहित सात देशको चासो

banner add
writter
मङ्गल, २४ भदौ २०८२
(Shares)

काठमाडाैं : नेपालस्थित विभिन्न सात राष्ट्रका दूतावासले एक विज्ञप्ति जारी गर्दै सोमबारको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गरेका छन्।

अस्ट्रेलिया, फिनल्यान्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र, बेलायत र अमेरिकाका नेपालस्थित दूतावासहरूले शान्तिपूर्ण सभा र अभिव्यक्तिको स्वतन्त्रताको सार्वभौमिक अधिकारप्रति आफ्नो दृढ समर्थन रहेको जनाएका हुन्।

‘हामी सबै पक्षलाई अधिकतम संयम अपनाउन, परिस्थितिलाई थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोज्न तथा यी मौलिक अधिकारहरूको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गर्दछौँ,’ उनीहरुले भनेका छन्।

यसैगरी नेपालमा आज भएका जेन–जी प्रदर्शनका क्रममा ज्यान गुमाएका तथा घाइते भएकाप्रति संयुक्त राष्ट्र संघका नेपालस्थित आवास संयोजक हना सिंगर हम्दीले गहिरो दुःख व्यक्त गरेकी छिन्।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले मृतकका परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै सबै पक्षलाई अधिकतम संयमता र सतर्कता अपनाउन आग्रह गरेकी छिन्।

हम्दीले नागरिकहरूले आफ्ना लोकतान्त्रिक अधिकारहरू सुरक्षित र शान्तिपूर्ण ढंगले प्रयोग गर्न सक्ने वातावरण सुनिश्चित गर्न सरकारसॅग आग्रहसमेत गरेकी छिन्।

ads
ads
add
banner add

सम्बन्धित खबर