सोम, ०७ वैशाख २०८३ / April 20, 2026, Monday
सोम, ०७ वैशाख २०८३
Advertisement
banner add

सांग्रिला डेभलपमेन्ट बैंकको २१ औं वार्षिकोत्सव सम्पन्न

banner add
writter
शुक्र, १४ कात्तिक २०८२
(Shares)

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले बिहीबार आफ्नो २१ औं वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाएको छ। बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा आयोजित कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष उज्वल सत्यालले बैंकको सफल यात्रामा साथ दिने सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गर्दै, बैंक आगामी दिनमा अझ सुदृढ र सशक्त रूपमा अघि बढ्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले विगतका सबै सञ्चालक, कर्मचारी, ग्राहक, नियामक निकाय र शेयरधनीप्रति धन्यवाद ज्ञापन गर्दै बैंकले आगामी दिनमा अधिक आधुनिक, स्मार्ट र ग्राहकमैत्री सेवा विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाए।

वार्षिकोत्सवको अवसरमा बैंकले “बाँड्दै न्यानोपन, जोड्दै आफ्नोपन” नामक सामाजिक अभियान सुरु गरेको छ। लिड फर नेपालसँगको सहकार्यमा सञ्चालन हुने यो अभियानअन्तर्गत बैंकका १० क्लस्टरमार्फत न्यानो कपडा संकलन गरी इलामका बाढी–पहिरो प्रभावित नागरिकहरूलाई वितरण गरिनेछ।

बैंकले आफैँ पनि ज्याकेट लगायत न्यानो कपडा उपलब्ध गराउने जनाएको छ। सोही अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरे भने, ५, १० र १५ वर्षे सेवायात्रा पूरा गरेका २० जना कर्मचारीलाई सम्मान गरिएको थियो।

हाल सांग्रिला डेभलपमेन्ट बैंकले देशभरका १०९ शाखा कार्यालय र ३० एटीएममार्फत सेवा प्रदान गरिरहेको छ। बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यास पालना गर्दै सेवा विस्तारलाई निरन्तरता दिने जनाएको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर