सोम, ०७ वैशाख २०८३ / April 20, 2026, Monday
सोम, ०७ वैशाख २०८३
Advertisement
banner add

जेन-जी पुस्ताको आन्दोलनबाट देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍याे : प्रहरी महानिरीक्षक खापुङ

banner add
writter
शुक्र, ३१ असोज २०८२
(Shares)

काठमाडौँ । नेपाल प्रहरीले हालै दिएको अभिव्यक्तिमा प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर खापुङले जेन–जी पुस्ताद्वारा सुरु गरिएको आन्दोलनले देशलाई अकल्पनीय क्षति पुर्‍याएको टिप्पणी गरेका छन्। यो टिप्पणी केवल एक संस्थागत दृष्टिकोण होइन, वर्तमान पुस्ताको असन्तुष्टि, समाजिक मनोविज्ञान र राज्य–नागरिक सम्बन्धबारे गम्भीर प्रश्न उठाउने विषय हो।

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले गत भदौ २३ र २४ गतेको जेन-जी पुस्ताको प्रदर्शन र त्यसपछिका घटनाक्रमबाट देशले अकल्पनीय क्षति व्यहोर्नुपरेको बताउनुभएको छ । शुक्रवार ७० औं प्रहरी दिवस, २०८२ को अवसरमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले ‘राज्यको सबैभन्दा अग्र पंक्तिमा सेवारत विशाल संयन्त्रयुक्त संगठनको रुपमा विकसित भएको नेपाल प्रहरी आजका दिनसम्म नागरिकको स्नेह, आक्रोश समानन्तर रुपमा प्राप्त र सामना गर्ने राज्यको सशक्त प्रतिनिधिको रुपमा स्थापित हुन सफल बताउनु भयो ।

जेन–जी पुस्ताको आन्दोलन मूलतः बेरोजगारी, भ्रष्टाचार, अवसरको अभाव, र राजनीतिक निष्ठुरताविरुद्धको आवाज थियो। तर, त्यो आवाजले जब हिंसा र तोडफोडको रूप लियो, त्यसले राज्यका संरचना मात्र होइन, नागरिक भरोसामा पनि चोट पुर्‍यायो। आईजीपी खापुङको भनाइमा रहेको ‘अकल्पनीय क्षति’ शब्द केवल भौतिक क्षतिको सन्दर्भ होइन; त्यो सामाजिक विश्वास, कानूनी मर्यादा र भविष्यप्रतिको आशाको ह्राससँग पनि सम्बन्धित छ।

राज्यको दृष्टिकोणले हेर्दा, विधिको शासन र सुरक्षाको प्रत्याभूति प्रत्येक आन्दोलनको सीमा र दायरा हो। तर, युवा पुस्ताको दृष्टिमा आन्दोलन भनेको सुन्न नचाहने नेतृत्वप्रति अन्तिम चेतावनी हो। यो द्वन्द्वकै बीचमा देशले दुवै तर्फको कमजोरी देख्यो । राज्यको संवादहीनता र युवाको अधैर्यता।

विभिन्न ९ सय ३९ स्थानमा नयाँ प्रहरी इकाइको माग र चार सयभन्दा बढी इकाइमा प्रहरी कार्यालयको स्तरोन्नतिको माग रहेको बताउनु भयो । यसको पूर्तिका लागि २५ हजार भन्दा बढी प्रहरी जनशक्ति आवश्यक रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘राज्यको सबैभन्दा अग्र पंक्तिमा सेवारत विशाल संयन्त्रयुक्त संगठनको रुपमा विकसित भएको नेपाल प्रहरी आजका दिनसम्म नागरिकको स्नेह, आक्रोश समानन्तर रुपमा प्राप्त र सामना गर्ने राज्यको सशक्त प्रतिनिधिको रुपमा स्थापित हुन सफल भएको छ ।

राजनीतिक परिवर्तनको हालको परिस्थितिमा र आगामी दिनहरुमा समेत उत्पन्न हुनसक्ने सुरक्षा चुनौति र असहज परिस्थितिको सामना गर्दै आम नागरिकलाई शान्ति सुरक्षा र अमन चयनको प्रत्याभुति दिलाइ नागरिक भरोसाको केन्द्रको रुपमा रहेको नेपाल प्रहरी व्यवसायिक रुपमा सक्षम तथा प्रतिवद्ध रहेको छ ।

गत भदौ २३ र २४ गतेको जेन जी पुस्ताको युवा तथा विद्यार्थीको प्रदर्शन त्यसपश्चातका घटनाक्रमबाट देशले अकल्पनीय क्षति व्यहोर्नुपरेको छ । उक्त प्रदर्शनको क्रममा नेपाल प्रहरीका सदस्य र ज्यान गुमाउनुभएका अन्य दिवंगत आत्माहरुको चीर शान्तिको कामना गर्दछु ।’

अब आवश्यक छ, दोषारोपण होइन, संवाद र सुधारको बाटो रोज्नु। प्रहरी, नागरिक र राजनीतिक नेतृत्वबीचको विश्वास पुनःस्थापना गर्न नसकेसम्म, यस्ता आन्दोलनहरू फेरि पनि देशलाई क्षतिग्रस्त बनाउनेछन्।

देशले क्षति व्यहो¥यो, तर त्यस क्षतिबाट पाठ सिक्ने अवसर पनि त्यत्तिकै ठूलो छ। युवाको ऊर्जा, राज्यको संयम र न्यायपूर्ण नेतृत्वबीचको सहकार्यले मात्र भविष्य सुरक्षित हुन सक्छ।

ads
ads
add
banner add

सम्बन्धित खबर