सोम, ०७ वैशाख २०८३ / April 20, 2026, Monday
सोम, ०७ वैशाख २०८३
Advertisement
banner add

घुसपैठको आशङ्काले बिहीबारको आन्दोलन स्थगित

banner add
writter
बिहि, २३ असोज २०८२
(Shares)

काठमाडौँ  । ‘एनटिइके–जेड’समूहले बिहीबार माइतीघरमा तय गरेको आन्दोलन अन्तिम समयमा स्थगन गरिएको छ ।

बुधबार साँझ एक विज्ञप्ति निकाल्दै उक्त आन्दोलन अराजक तत्वहरूहरूले बिथोल्ने र अप्रिय घटना निम्त्याउने देखिएको भन्दै स्थगित गर्ने र अर्को मिति पछि जानकारी गराउने उल्लेख गरिएको छ ।

अध्यक्ष प्रज्ज्वल लामा, प्रवक्ता प्रदीप भट्टराई र सदस्य सुनिल सिंहद्वारा हस्ताक्षरित विज्ञप्तिमा शान्तिपूर्ण आन्दोलनमा विभिन्न किसिमका अराजक तत्त्वहरूले आन्दोलनलाई बिथोल्ने र अप्रिय घटना निम्त्याउने देखिएको हुँदा स्थगित गरिएको उल्लेख छ ।

जेनजीका विभिन्न समूहले फेरि प्रदर्शन गर्ने चर्चा र तयारीका बीच बुधबारमात्र गृह मन्त्रालयले धर्ना-जुलुस लगायतका कार्यक्रम गर्नु अगावै वार्ता र संवादका माध्यमबाट समस्याको समाधान गर्नेतर्फ अग्रसर हुन सार्वजनिक अपील गरेको थियो ।

यसअघि सुरक्षा निकायका प्रमुखले गृहमन्त्री र प्रधानमन्त्रीलाई विभिन्न समूहले आन्दोलन गर्ने बताइरहेको अवस्थामा भदौ २४ मा जेलबाट भागेका कैदी बन्दी र प्रहरीको पोसाक र हतियार लुटेकाहरूको घुसपैठ हुनसक्ने भन्दै शान्ति सुरक्षामा चुनौती हुन सक्नेतर्फ सचेत गराउँदै आवश्यक कदम चाल्न आग्रह गरेका थिए ।

ads
ads
add
banner add

सम्बन्धित खबर