सोम, ०७ वैशाख २०८३ / April 20, 2026, Monday
सोम, ०७ वैशाख २०८३
Advertisement
banner add

आज नवरात्रको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा गरिँदै

banner add
writter
बुध, ०८ असोज २०८२
(Shares)

काठमाडौँ । दशैं नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरिंदै छ । नवरात्रको प्रत्येक दिन देवीको फरक–फरक रूपको आराधना गर्ने परम्परा रहिआएको छ। आज तेस्रो दिनमा विशेषगरी देवी चन्द्रघण्टाको पूजा–आराधना गरिन्छ। शक्तिको साधनामा चन्द्रघण्टा देवीलाई साहस, धैर्य र विजय प्रदान गर्ने स्वरूप मानिन्छ।

चन्द्रघण्टा देवीको शान्त र कल्याणकारी स्वरूप श्रद्धालुका लागि आस्था र प्रेरणाको आधार हो भने दुष्ट शक्तिहरूमाथि उहाँको उग्र रूप विनाशकारी मानिन्छ। शिरमा अर्धचन्द्र आकारको घण्टी जस्तो आकृति भएकाले उहाँलाई चन्द्रघण्टा नामले चिनिन्छ।

नवरात्रको यस दिन घर–घरमा पूजा–अर्चना, भजन–कीर्तन तथा सामूहिक दुर्गा स्तुति गर्ने परम्परा छ। यसले सामाजिक एकता, धार्मिक विश्वास र आत्मबललाई बलियो बनाउने विश्वास गरिन्छ।

देवी चन्द्रघण्टाको उपासना आजको दिनमा विशेष महत्व राख्छ। यो आराधनाले श्रद्धालुमा दृढ आत्मविश्वास, निडरताको शक्ति र जीवनमा सकारात्मक सोच जगाउने विश्वास रहिआएको छ।

घटस्थापना गरेसँगै देवीका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा अनुुसार आज चन्द्रघण्टाको पूजा गर्न लागिएको हो ।

ads
ads
add
banner add

सम्बन्धित खबर