बुध, ०९ वैशाख २०८३ / April 22, 2026, Wednesday
बुध, ०९ वैशाख २०८३
Advertisement
banner add

दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साह: भ्रमण संस्कृति विकासमा कोसेढुङ्गा सावित हुने अपेक्षा

banner add
writter
बुध, ०९ वैशाख २०८३
(Shares)

पोखरा । सरकारले हालै कार्यान्वयनमा ल्याएको शनिबार र आइतबारको दुईदिने सार्वजनिक बिदाको निर्णयलाई पोखराका पर्यटन व्यवसायीहरूले स्वागत गरेका छन्। यस निर्णयले आन्तरिक पर्यटनलाई गति मात्र दिएको छैन, बरु सुस्ताएको पर्यटन क्षेत्रमा नयाँ आशाको सञ्चार समेत गरेको व्यवसायीहरूको बुझाइ छ। यस निर्णयलाई प्याकेजको रूपमा अगाडि बढाएर ओझेलमा परेका गन्तव्यहरूको प्रवद्र्धन गर्नुपर्ने व्यवसायीहरू बताउँछन्।

पोखराका पर्यटन व्यवसायीहरूका अनुसार यो निर्णयले कर्मचारी वर्गलाई मात्र नभई समग्र अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत गर्नेछ। अब राज्यले यस्ता बिदालाई ‘होलिडे प्याकेज’ का रूपमा विकास गरी नयाँ गन्तव्यहरूको पहिचान र प्रवद्र्धनमा ध्यान दिनु आवश्यक देखिएको छ दुईदिने बिदाले नेपालीहरूमा भ्रमण संस्कृतिको विकास गर्न र देशको आन्तरिक पर्यटकीय सम्भावनालाई उजागर गर्न कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ।

कोभिड–१९ को महामारीपछि विस्तारै तङ्ग्रिँदै गरेको पर्यटन व्यवसायका लागि यस्ता सकारात्मक परिवर्तनले ऊर्जा थपेको छ। विशेषगरी 'जेन–जी' पुस्तामा बढ्दो भ्रमण रुचिका कारण यो निर्णय अझ प्रभावकारी हुने देखिएको छ। हप्तामा दुई दिन बिदा दिने निर्णयले मानिसहरूलाई घुमघामका लागि पर्याप्त फुर्सद दिने र जागिरका साथै व्यक्तिगत जीवनको सन्तुलन मिलाउन सहज हुनेछ। यसले गर्दा मानिसहरूमा घुम्ने परिपाटीको विकास भई आन्तरिक पर्यटन थप मजबुत हुने विश्वास लिइएको छ।


ads
ads
add
banner add

सम्बन्धित खबर