काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार भेटघाट गर्दैछन् । जेनजी आन्दोलनपछि सत्ताच्युत भएपछि उनले पहिलोपटक पत्रकारहरु बोलाएर आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन् ।
पत्रकार भेटघाट कार्यक्रम दिउँसो एक बजे *होटल ए वान भेन्यू कोटेश्वर चोकमा हुनेछ । यसअघि उनको पत्रकार सम्मेलन ललितपुरको रामबाग महलमा हुने भनिएको थियो । एमाले केन्द्रीय कमिटीको बैठक पनि त्यहीँ भएको थियो ।
पत्रकार सम्मेलनमा ओलीले वर्तमान सरकारले संविधान विपरीत निर्णयहरू गर्दै लोकतान्त्रिक प्रणालीमै खतरा सिर्जना गरेको आरोप लगाए। उनले जनतामाथि करको बोझ बढाइरहेको, मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको र भ्रष्टाचारको जरो उखेल्न सरकार असफल भएको टिप्पणी गरे।
उनले पार्टी आगामी निर्वाचनका लागि देशव्यापी संगठन सुदृढीकरण अभियानमा रहेको र जनतासँग प्रत्यक्ष संवादमा जाने तयारी भइरहेको पनि बताए।
ओलीले शुक्रबारको केन्द्रीय कमिटी बैठक समापनमा घुमाउरो तरिकारले विद्या भण्डारीको सदस्यता नवीकरणका लागि सकारात्मक भएको जस्तो संकेत गरेका थिए ।