नेपालका युवा पुस्ता (जेन जी) द्वारा नेतृत्व गरिएको सेप्टेम्बर ८, २०२५ देखि भ्रष्टाचार र सामाजिक संजाल बन्द बिरुद्ध सुरु गरेको प्रदर्शनका क्रममा नेपालका अनगिन्ती संरचना जले, नष्ट भए।
सो क्रममा नेपालका अदालत, सरकारी संरचना, मन्त्रालयका भवन, सयौं ब्यबसाय लगायत सयौं प्रहरी चौकीहरु भग्नावसेस भएका छन्। यो सबैको सरकारी तथ्याङ्क आएको भने छैन।
भ्रष्टाचार विरुद्धको सो प्रदर्शनमा करिब ६ दर्जन नेपालीहरूले आफ्नो जीवन गुमाएका छन्। नेपाल प्रहरीहरु थुप्रै राष्ट्र सेवकहरु घाइते भएका छन्। केहीको ज्यान नै जोखिमपूर्ण भयो। धेरै प्रदर्शनकारीहरु र अन्य मानिसहरु समेत घाइते भएका छन्।
धेरै परिवारहरूले घर र व्यवसाय गुमाएका छन्। थुप्रै समुदायमा जनजीवन सामान्य हुँदै गएता पनि प्रभावित क्षेत्रमा धेरै कुराको अभाव छ। सरकारी सेवाहरु दिने ठाउँ र निकायको भवन नै छैन या नस्ट भएका छन्।
यो अवस्थामा नेपालमा थुप्रै स्वयंसेवकहरू, आर्थिक र जिन्सी लगायतको सक्दो योगदान गर्ने व्यक्ति तथा सँस्थाहरुको आवश्यकता परेको छ। त्यसैले हामीले पनि रिबिल्डिङ्ग नेपालको अभियान सुरु गरेका छौं।
रिबिल्डिंग नेपाल अभियान United Nepali Diaspora Organization (UNDO) र The MIT Group Foundation (MITGF/ACFID) ले संयुक्त रुपमा सुरु गरेको हो।
United Nepali Diaspora Organization (युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन)-UNDO नेपाल सरकारको परराष्ट्र मन्त्रलयमा एनआरएन ऐन अनुसार दर्ता भएको डायस्पोरा नेपालीहरुको लागि सुरु गरिएको संस्था हो। बिस्तृत जानकारीको लागि सँस्थाको वेबसाइट https://undo.org.np/ भिजिट गर्नुहुन अनरोध छ।
त्यसैगरी The MIT Group Foundation, accredited by ACFID (Audited by the Australian Government) नेपाली मुलका अष्ट्रेलियन नागरिक डा. शेष घले र जमुना गुरुङ घलेले अन्य व्यक्तिहरुसँग मिलेर सामाजिक सेवा गर्न सुरु गर्नुभएको फाउण्डेशन हो। MITGF/ACFID ले नेपालमा थुप्रै सामाजिक सेवा र बिकासका कामहरु गरेको छ। बिस्तृत जानकारीको लागि सँस्थाको वेबसाइट https://www.mitgf.org/ भिजिट गर्नुहुन अनरोध छ।
यसै हप्ता UNDO) र MITGF/ACFID का कार्यकारीहरुले नेपाल सरकारसँग भेटघाट गरी तत्काल गर्नुपर्ने सरकारी प्राथमिकताका लिस्ट अनुरोध गरेको छ। यो अभियानको लागि हाम्रो संस्थाका युवाहरुले स्थलगत रुपमा गरेको अध्ययन अनुसार केहि प्रहरी चौकीहरुको पुन: संचालनको लागि धेर-थोर राहत दिने काम समेत सुरु भएको छ। त्यसका लागि सँस्थाको खाता र GoFundMe पनि सुरु गरिएको छ।
हामीले यो अभियानको लागि सँस्थाका युवा पुस्ता जसलाई हामीले बिगत देखि नै “Next Generation” भन्ने गरेका छौं, उहाँहरुले नेतृत्त्व गर्नुहुनेछ।
हामीले राहत तथा पुन:निर्माणको लागि सुरु गरेको अभियानको लागि सहयोग गर्न तलको लिंकमा क्लिक गर्नुहोस अथवा सोझै हाम्रो सचिवालयमा सप्पर्क गरेर पनि योगदान गर्न सक्नुहुनेछ: