बुध, ०२ वैशाख २०८३ / April 15, 2026, Wednesday
बुध, ०२ वैशाख २०८३
Advertisement
banner add

टिकटक प्रभावको आडमा अपराध : तुल्सा अधिकारी प्रकरणले उठाएका गम्भीर प्रश्न

banner add
writter
बिहि, १९ चैत २०८२
(Shares)

काठमाडौँ । सामाजिक सञ्जालको बढ्दो प्रभावसँगै त्यसको दुरुपयोगका घटना पनि उत्तिकै बढिरहेका छन्। पछिल्लो समय टिकटकर तुल्सा अधिकारीविरुद्ध मुद्दा दर्ता हुनु यसै प्रवृत्तिको एक प्रतिनिधि घटनाका रूपमा देखिएको छ। यो घटनाले डिजिटल प्लेटफर्म प्रयोगकर्ताहरूको जिम्मेवारी, अभिव्यसामाजिक सञ्जालमार्फत चिनिएको एक पात्रमाथि संगठित अपराध, ब्ल्याकमेलिङ र आर्थिक असुली जस्ता गम्भीर आरोपसहित मुद्दा दर्ता हुनु केवल एउटा आपराधिक घटना मात्र होइन, यो हाम्रो डिजिटल समाजको जोखिमपूर्ण प्रवृत्तिको संकेत पनि हो।

टिकटकर तुल्सा अधिकारी (तुल्सी अधिकारी) विरुद्ध करोडौं रुपैयाँ असुली गरेको आरोप सार्वजनिक भएसँगै सामाजिक सञ्जालको प्रयोग र दुरुपयोगबीचको सीमारेखा फेरि बहसको केन्द्रमा आएको छ।

जाहेरीकर्ता कुमार चिमोरियाका अनुसार २०७५ सालदेखि सुरु भएको चिनजानपछि तुल्सी अधिकारीले आफूलाई विभिन्न बहानामा फसाई शारीरिक सम्बन्धको विषयलाई आधार बनाई निरन्तर ब्ल्याकमेल गर्दै आएको आरोप छ। उनले जबरजस्ती करणी मुद्दा हाल्ने धम्की दिँदै नगद, सुनका गरगहना, व्यवसाय स्थापना खर्च तथा अन्य शीर्षकमा ठूलो रकम असुल गरेको उल्लेख गरिएको छ।

जाहेरीअनुसार प्रतिवादीले पटक–पटक डरत्रास देखाई नगद रकम, बैंक ट्रान्सफर तथा अन्य व्यक्तिमार्फत गरी करिब ४ करोड ५० लाख रुपैयाँ बराबरको रकम असुल गरेको दाबी गरिएको छ। साथै पसल खरिद, फ्ल्याट भाडा, छोरीको शिक्षाशुल्क, महँगा सामग्री खरिद लगायतमा समेत बाध्य पारेको आरोप छ।

जाहेरी अनुसार, व्यक्तिगत सम्बन्धलाई आधार बनाई लामो समयसम्म धम्की र ब्ल्याकमेलिङमार्फत ठूलो रकम असुल गरिएको दाबी गरिएको छ।यदि अनुसन्धानले यी आरोपहरू पुष्टि गर्छ भने, यो घटना योजनाबद्ध रूपमा गरिएको आर्थिक अपराधको उदाहरण बन्नेछ। अझ संगठित अपराध, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) जस्ता कसूरसमेत जोडिनुले यसलाई झन् गम्भीर बनाएको छ।क्ति स्वतन्त्रता र कानुनी सीमाबीचको सम्बन्धबारे गम्भीर प्रश्न उठाएको छ।

टिकटक जस्ता प्लेटफर्मले सामान्य नागरिकलाई अभिव्यक्ति र लोकप्रियताको ठूलो अवसर दिएका छन्। तर, यही स्वतन्त्रता कहिलेकाहीँ अराजकता र गैरजिम्मेवारीतर्फ मोडिन सक्छ। यदि सामग्रीले कसैको प्रतिष्ठामा आँच पुर्‍याउँछ, सामाजिक सद्भाव बिगार्छ वा कानुनविपरीत गतिविधि गर्छ भने त्यसको उत्तरदायित्व प्रयोगकर्ताले नै वहन गर्नुपर्छ।

तुल्सा अधिकारीविरुद्ध मुद्दा दर्ता हुनु केवल एउटा व्यक्तिविशेषसँग सम्बन्धित विषय होइन, यो सम्पूर्ण डिजिटल समुदायका लागि चेतावनी पनि हो। सामाजिक सञ्जालमा सामग्री पोस्ट गर्दा त्यसको प्रभाव, सत्यता र कानुनी पक्षबारे गम्भीर सोच आवश्यक छ। भाइरल बन्ने होडमा तथ्यहीन, भ्रामक वा आपत्तिजनक सामग्री प्रसारण गर्नु दीर्घकालीन रूपमा हानिकारक हुन सक्छ।

 यस सन्दर्भमा राज्यका निकायहरूको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ। कानुनको कार्यान्वयन निष्पक्ष, पारदर्शी र सन्तुलित हुनुपर्छ। कुनै पनि कारबाही अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने माध्यम बन्नु हुँदैन, तर कानुन उल्लंघनमा कठोरता पनि आवश्यक छ।

तुल्सा अधिकारी प्रकरणले डिजिटल युगमा ‘स्वतन्त्रता सँगै जिम्मेवारीको सन्देश पुनः स्मरण गराएको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आफ्नो प्रभावको दायरा बुझ्दै जिम्मेवार व्यवहार प्रदर्शन गर्नु आजको अपरिहार्यता हो।

 

ads
ads
add
banner add

सम्बन्धित खबर